झापा , असोज १४ । झापाको गौरीगञ्ज– २ कोरोबारीका ७५ वर्षीय महेश्वर न्यौपानेलाई किस्नी खोलाले बगाएको आशंका गरिएको छ ।

बिहान भैसी बाँध्न गएका न्यौपाने साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनलाई खोलाले बगाएको आशंका गरिएको हो ।

हुलाकी सडकअन्तर्गत किस्नी पुलनजिकै उनी भैंसी बाध्न गएको कुरा परिवारलाई उद्धृत गर्दै गाउँपालिका उपाध्यक्ष पुजन न्यौपानेले जानकारी दिएकी छन् । जनपद र सशस्त्र प्रहरीको सहयोगमा उनको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्