झापा,असोज १५ । बलिउड अभिनेता तथा शिव सेना (शिंदे गुट) का नेता गोविन्दालाई गोली लागेको छ ।

गल्तीले आफ्नै रिवल्भरले खुट्टामा गोली प्रहार भएको हो । रिवल्भर सफा गर्ने क्रममा उनलाई गोली लागेको बताइएको छ । उनलाई तत्काल अस्पताल लगिएको छ । घटनाका बेला उनकी पत्नी सुनिता घरमा थिइनन् । उनी जयपुर गएकी थिइन् । घटनाको खबर पाएपछि उनी मुम्बई फर्किदै छन्

गोविन्दाका प्रबन्धकले भने, ‘उनले आफ्नो लाइसेन्स प्राप्त रिवल्भर कभरमा राख्दै थिए, जब उनी आफ्नो खुट्टामा खसे र गोली लाग्यो ।’ डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् र अहिले उनी पूर्णतया स्वस्थ छन् तर अझै अस्पतालमा छन् ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्