झापा , असोज १५ । नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री एनआइसीसीले कोलकाताका इटालीका महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टासँग काठमाडौंमा द्विपक्षीय छलफल गरेको छ ।

बैठकमा एनआइसीसीका अध्यक्ष संजय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ महावाणिज्यदूत प्रतिमा पाण्डे पनि उपस्थित थिए ।
बैठकमा नेपाल र इटालीबीच व्यापार वृद्धि गर्न विशेष गरी उत्पादन, कृषि, पर्यटन र प्रविधिजस्ता क्षेत्रमा जोड दिइयो। एनआइसीसी बोर्ड र महावाणिज्यदूतले आगामी व्यापार मेला र व्यावसायिक भेटघाटको योजनाका बारेमा पनि छलफल गरेका छन् । जसले दुई देशबीचको व्यापारिक सहकार्य र लगानी प्रवर्द्धन गर्न मद्दत पु¥याउनेछ।

दुवै पक्षले नेपाल र इटालीबीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन र व्यापारिक वृद्धि प्रबर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्