झापा,असोज १७ । लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

गएराति अन्दाजी १० बजे दमक– ३ बेलडाँगी शिविर सेक्टर नं. बी वान हट नं.१९ बस्ने पेमासिंह तामाङको घरमा उनकै छोरा २१ वर्षीय अभिसेक तामाङ र दमक– ७ बस्ने २७ वर्षीय संजिव लिम्बू लागूऔषधसहित पक्राउ परेका छन् ।

उनीहरुको साथबाट स–साना पोकामा प्लाष्टिकसहित १ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्