झापा, असोज १७ । दसैँलाई लक्षित गरेर निजी व्यवसायीले खसीबोका र च्याङ्ग्रा उपत्यका भित्र्याउन थालेका छन् ।
पहिलो लटमा दुुई सय संख्यामा मुुस्ताङबाट च्याङ्ग्रा आइपुुगेको चौपाया खरिद बिक्री सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष जनक खड्काले दसैँलाई लक्षित गरेर खसीबोका र च्याङ्ग्र भित्रिन थालेको जानकारी दिए । दुुई सय वटा च्याङ्ग्रा आइपुुगेको र खसीबोका आउने क्रममा बाटोमा रहेको उनले जानकारी दिए ।
दसैँमा उपत्यकामा खसीबोकाको खपत धेरै हुने गर्छ । जसले गर्दा व्यवसायीले गाउँ गाउँबाट खसीबोका खरिद गरी घटस्थापनाको दिनदेखि ल्याएर बिक्री सुरु गर्न लागेका हुुन् । बाढीपहिरोका कारण यातायात अवरुद्ध हुुँदा खसीबोका ल्याउन कठिन भएको खड्काले जानकारी दिए । तीन÷चार दिन बाटो अवरुद्ध हुुँदा खसीबोका आएका थिएनन्, अब सडक खुुला भएसँगै खसीबोका उपत्यकामा भित्रिने उनले जानकारी दिए ।
मौसम अनुुकूल भए बजार माग अनुसार बजारमा खसीबोका भित्रिने उनले जानकारी दिए । यसपालि दसैँमा २२ हजार खसीबोका र पाँच हजार च्याङ्ग्रा ल्याउने तयारी गरिएको उनले जानकारी दिए । हाल बजारमा जिउँदो खसीबोका ७३० देखि ७४० रुपियाँ रहेको छ । अविरल वर्षाका कारण बाटो अवरुद्ध हुँदा उपत्यकामा खसीबोका नआउँदा मूल्य महँगो पर्न गएको उनको भनाइ छ । बजारमा खसीबोका नियमित रूपमा आउन थालेपछि मूूल्य घट्ने उनको दाबी छ ।

बजारमा च्याङ्ग्राको मूूल्य एक हजार २५० रुपियाँ रहेको छ । निजी व्यवसायीले धादिङ, चितवन, दाङ, सल्यान, रुकुुम, रोल्पा, कैलाली, कञ्चनपुुरलगायतका जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्छन् ।

यसैबिच खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी शनिबारदेखि खसीबोका ल्याएर बिक्री गर्ने तयारी गरेको छ । विगतका वर्ष घटस्थापनाको दिनदेखि ल्याउने गरेकोमा यस वर्ष बाढीपहिरोका कारण बाटो अवरुद्ध हुँदा खसीबोका आउन ढिलाइ भएको कम्पनीले जनाएको छ । कम्पनीले एक हजार पाँच सय खसीबोका र तीन सय च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने तयारी गरेको छ ।

दसैँमा बजार मूल्य नियन्त्रण गरी उपभोक्तालाई सहुुलियत दरमा खसीबोका उपलब्ध गराउन कम्पनीले खसीबोका बिक्री गर्दै आएको छ । हेटौँडा र तुुलसीपुुरबाट खसीबोका र मुुस्ताङबाट च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्