लक्ष्मीपुर, असोज १७ । झापाको बिर्तामोडबाट सञ्चालित डिजिटल मिडिया शब्दपत्र डटकम चौथो बर्ष प्रवेश गरेको छ ।

चौथो बर्ष प्रवेशको अवसरमा शब्दपत्र डटकमले सहयोगी र सञ्चालकलाई सम्मान गरेको छ ।
शब्दपत्र प्रकाश प्रा.लि.का अध्यक्ष बालकृष्ण गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित पर्शुराम पार्टी प्यालेसमा विजयादशमीको शुभकामना आदान प्रदानसहित वार्षिकोत्सव मनाइएको थियो ।

कार्यक्रममा विनोद राई र विकास रेग्मीलाई सम्मान गरिएको थियो भने संस्थाका अध्यक्ष बालकृष्ण गिरी, सञ्चालक पार्वता गिरी, अर्जुन गिरी, तारा दुलाल, उमेश भारती र प्रकाशक तथा प्रवन्ध निर्देशक उद्धव पुरीलाई समेत सम्मान गरिएको थियो ।

अनलाइनको सम्पादकका रुपमा शर्मिला पुरी भारती रहेकी छन् । कार्यक्रममा स्वागत गर्दै सम्पादक पुरीले सबैको साथ सहयोगकै कारण छोटो समयमा एउटा लोकप्रिय मिडियाको रुपमा झापामा स्थापित भएको अनलाइन न्युज पोर्टल शब्दपत्र डटकम भएको बताए ।

२०७८ साउन पहिलो साताबाट सञ्चालनमा आएको शब्दपत्रको औपचारिक उद्घाटन असोज २१ गते भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्