झापा, असोज १६ । बिर्तामोड उद्योग वाणिज्य संघले विजया दशमीको अवसर पोरर नवनिर्मित बैठक कक्षको उद्घाटन गरेको छ ।

१५ लाख रुपैयाँको लागतमा तयार गरिएको बैठक कक्षको बिर्तामोड नगरप्रमुख पवित्रा देवी महतारा प्रसाईले उद्घाटन गरिन् । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वाणिज्य उपाध्यक्ष जीवनकुमार खड्काले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासहित व्यवसायीहरु मोहन ढकाल, मोहन मित्तल, राप्रपा नेतृ रञ्जु प्याकुरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्