झापा, असोज १७ । बाढी घटेपनि बिस्थापित बनेका झापाका १०७ परिवारका ५४४ जना बाढीपीडित अझै पुनर्स्थापित हुन सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार गत साता अविरल वर्षापछि आएको बाढीबाट जिल्लाका २६१ परिवारका १ हजार २०२ जना बिस्थापित बनेका थिए । त्यसमध्ये बुधवारसम्म १५४ परिवारका ६५८ जना आ-आफ्नो घरमा फर्किएका छन् ।

बाँकी १०७ परिवारका ५४४ जना फर्किन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार झापा गाउँपालिकाका ५३ परिवारका ३१३ जना , शिवसताक्षी नगरपालिकाका ७ परिवारका ३६ जना , कचनकवल गाउँपालिकाका १५ परिवारका ६९ जना , गौरीगञ्ज गाउँपालिकाका ३२ परिवारका १२६ जना पुनर्स्थापित हुन बाँकी रहेको छ । बाढी घट्दै गएपछि बाढीपीडितहरु घर फर्किरहेको डीएसपी चन्दले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्