मेचीनगर, असोज १८ । झापाको मेचीनगर –१० धुलावारीमा रहेको महालक्ष्मी कृषि सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०÷०८१ मा १७ लाख २१ हजार एकसय १० रूपैयाँ खुद नाफा कमाएको छ ।


शुक्रबार सम्पन्न संस्थाको १६ औँ वार्षिक साधारणसभामा अध्यक्ष टीका सुवेदीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका अनुसार गत आर्थिक वर्ष २०८०÷०८१ मा संस्थाले १७ लाख २१ हजार एकसय १० रूपैयाँ नाफा कमाएको हो ।

कुल दुई हजार छ सय २१ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी एक करोड ५१ लाख सात हजार रूपैयाँ रहेको छ । २०६४ सालमा ५० महिला तथा चारजना पुरूषगरी ५४ जनाबाट ५४ हजार रूपैयाँ शेयर पूँजी संकलन गरी सञ्चालनमा आएको संस्थामा कार्यसमिति सदस्य, सल्लाहकार समिति , लेखा समिति र कर्मचारी समेत सवै महिला रहेको प्रतिवेदनमा उल्लेख छ । साधारणसभाको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा विभिन्न विधाका १६ जनालाई सम्मान गरिएको थियो । नियमित बचतकतातर्र्फ विरेन राजवंशी र राधिका घिमिरे, खत्रुके बचतकर्ता खगेन्द्र पोखरेल र चन्द्रकला श्रेष्ठ, बाल बचतकर्ता लोचना निरौला र नयन चौधरी, उत्कृष्ट ऋणीतर्फ बिमला राजवंशी र विजयकुमार तामाङ, ज्येष्ठ क्रियाशील सदस्य नैनावती खवास र धनमाया खरेल, पेन्सन बचततर्फ ठाकुरप्रसाद सिटौला र पुनम मलाह, उत्कृष्ट कर्मचारी हिरालक्ष्मी कोइराला, स्वास्थ्यकर्मी इन्द्र क्षेत्री, शिक्षाकर्मी भुवन सुब्बा, उत्कृष्ट कृषक हरिप्रसाद नेपाललाई सम्मान गरिएको हो ।

संस्थाकी व्यवस्थापक प्रेमकुमारी (उर्मिला) सुवेदीले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी लेखा सुपरीवेक्षण समिति संयोजक लुना भण्डारीले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा सदस्य पद्माकुमारी भट्टराईले शब्दमार्फत स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्