बिर्तामोड , असोज १८ । अग्रवाल समाजका कुल प्रवर्तक श्री अग्रसेन महाराजाको ५१४८ औ अग्रसेन जयन्तीका अवसरमा आज साँझ बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरिएको छ ।

अग्रसेन भवन बिर्तामोडको आयोजनामा अग्रसेन जयन्तीका अवसरमा दुई दिने कार्यक्रम संचालन गरिएको हो । पहिलो दिन गरिएको दीप प्रज्वलनको अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले शुभारम्भ गरेका थिए । कार्यक्रममा अग्रसेन भवनका अन्य पदाधिकारी तथा सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

दोस्रो दिन बिर्तामोडको एक किलोमिटरमा रहेको वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई भोजन गराउने कार्यक्रम रहेको अध्यक्ष भद्रपुरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्