झापा , असोज १९ । पाँचथरको कुम्मायक –३ स्थित तमोर नदीको बगरमा सडेगलेको अबस्थामा महिलाको शव फेला परेको छ ।

हिजो बिहान अन्दाजी ८ बजे कुम्मायक–३ बरुणजेस्थित तमोर नदीको बगरमा टाउकोमा कपाल नभएको, हातको औलामा नङ पोलिस लगाएको ,सडेगलेको अवस्थामा महिलाको शव फेला परेको हो ।स्थानीयले देखेर इलाका प्रहरी कार्यालय यासोकमा खबर गरेपछि यासोकबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

त्यस्तै थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली हिजो साँझ त्यसतर्फ गएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्