झापा, असोज १९ । धनकुटाको खोकु– हिले भित्री सडकखण्डमा एक युवकको शंकास्पद मृत्यु भएको छ ।
गएराति अन्दाजी १ बजेको समयमा धनकुटा सहिदभूमि गाउँपालिका –४ खोकु नस्पति चोकस्थित खोकु– हिले भित्री सडकखण्डमा सहिदभूमि– ४ बस्ने २७ वर्षीय लुरे भनिने ताइजन विकको शंकास्पद मृत्यु भएको हो ।
सडकको साइडमा टाउकोमा चोट लागेर विक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी हिजो दिउँसो ३ बजे घरबाट धरान जान भनी हिडेका थिए ।