झापा , असोज २० । दुई दिनअघि मोरङको धनपालथान– ७ स्थित लोहन्द्रा खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला परेका छन् ।

असोज १७ गते दिउँसो ३.४५ बजे लोहन्द्रा खोलामा पौडी खेल्ने क्रममा कटहरी –५ बस्ने १८ वर्षीय आशिष राजवंशी बेपत्ता भएका थिए । प्रहरी र स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा हिजो बिहान ९ बजे जहदा– ४ को सिसौबारीस्थित लोहन्द्रा खोलामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्