झापा, असोज २० । सोलुखुम्बुमा अरिङ्गालले टोकेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

असोज ६ गते अरिङ्गालले टोकेर घाइते भएका सोलुखुम्बुको सोताङ– २ माझखर्क बस्ने २८ वर्षीय बिरबहादुर खालिङ राईलाई स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा हिजो बिहान १० बजे उनको बाटैमा मृत्यु भएको हो ।

बिहान गाह्रो भएपछि उपचारको लागि स्वास्थ्य चौकी पाबै लैजाने क्रममा घरदेखि अन्दाजी २०० मि. उत्तर पुर्याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घरनजिकैको जंगलमा घोचा काट्न जाँदा उनलाई अरिङ्गालले टोकेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्