भद्रपुर, असोज २१ । कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईको नेतृत्व टोलीले बिरिङ खोलाको बाढीबाट क्षति भएको पुलको स्थलगत अनुगमन गरी निर्माण लागत संकलन गरेको छ ।

प्राविधिकसहित भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशी सहभागी टोलीले शनिश्चरे—खुदुनावारी–इलाम जोड्ने सडकको बिरिङ पुलको स्थलगत अनुगमन गर्दै लागत संकलन गरेको हो ।

अनुगमन टोलीमा पूर्व मुख्यमन्त्री उद्धव थापा, नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवे, भौतिक पूर्वाधार कार्यालय झापाका प्रमुख इंञ्जिनियर राजेश्वर महतो, इन्जिनियर उत्तम खरेल सहभागी थिए । टोलीले बाढीका कारण झापामा अन्य क्षति भएका संरचनाको पनि अनुगमन गरी लागत यकिन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्