झापा, असोज २२ । झापाको कमल गाउँपालिका वडा नं ५ को मंगलबारे बजारमा भलिवलका खेलाडीको आत्मसम्मानका लागि बल सर्भिस गर्न लागेको खेलाडीको शालिक निर्माण हुने भएको छ ।


स्थानीय सगुन युवा क्लवको अगुवाईमा युवाहरुबाट संकलित रकमबाट शालिक निर्माण शुरु भएको हो । सोमबार एक कार्यक्रमका बिच कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंंह राईले सो शालिकको शिलान्यास गरे ।
सगुन युवा क्लब जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको संस्था हो । २०५६ सालमा दर्ता भएको सगुन युवा क्लवले २८ बर्षदेखि विभिन्न स्तरका भलिवल प्रतियोगिता संचालन गर्दै आएको छ । स्थानीय ,पालिका,जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका भलिबल प्रतियोगिताहरु संचालन गर्दै आएको क्लबले जनाएको छ । स्थानीयका अनुसार सगुनले देशमै अलग्गै प्रकृतिको पहिचान बनाएको छ ।


नेपालका भलिवल खेल घट्दो क्रममा रहेकाले यसको संरक्षणका लागि शालिक निर्माण गर्न लागिएको पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा सगुन क्लबका सचिव रोशन दाहालले बताए ।
क्लवले निर्माण गर्न लागेको शालिक दशै अगावै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको क्लवका सचिव रोशन दाहाललाई उद्धृत गर्दै अभिषेक खतिवडाले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्