झापा, असोज २२ । कुखुरा बोकेको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
आज बिहान करिव ४.५० बजे सुनसरी इनरुवा –३ महेन्द्र चोकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व इटहरीतर्फ आउँदै गरेको मधेश प्र.०१–००१च ०८४४ नम्बरको बोइलर कुखुरा बोकेको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकको दाहिने साईडको पिपलको रुखमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा अन्दाजी २० वर्षका तत्काल नाम थर वतन एकिन नभएका गाडीका सहचालक विजय चौधरीको मृत्यु भएको हो । गंभीर अबस्थाका चौधरीको उपचारको क्रममा बिहान ६ः०१ बजे जिल्ला अस्पताल इनरुवामा डाक्टरले मृत घोषणा गरेका थिए ।
त्यस्तै गाडीका चालक सप्तरी राजविराज –६ बस्ने १९ वर्षीय संजिव साह हलुवाई गंभीर घाइते भएका छन् । उनलाई जिल्ला अस्पतालबाट थप उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।