झापा , असोज २३ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित झापा अर्जुनधारा –४ बस्ने २० वर्षीय पुष्प तुम्वापो पक्राउ परेका छन् ।

हिजो साँझ ६ बजे मेचीनगर– ६ स्थित पुरानो मेची पुलमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट सिटि सफारीमा नेपालतर्फ आउँदैं गरेका तुम्वापोलाई पक्राउ गरेको हो । लुकाई छिपाई ल्याउँदैं गरेको प्लाष्टिकसहित ३ ग्राम ५२० मिलिग्राम ब्राउनसुगर उनको साथबाट फेला परेको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्