झापा, असोज २३ । सुनसरी इटहरी– ५ की एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी छन् ।

इटहरी– ५ शितल नगर टोलस्थित जनता कलेज दक्षिणपट्टी घर भएकी ३९ वर्षीया निलु रसाइली (रायमाझी)घाँटी रेटिएको अवस्थामा फेला हिजो साँझ फेला परेकी हुन् । साँझ ७.५० बजे घाँटी रेटिएको अवस्थामा फेला परेकी उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो । तर,अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका छन् ।

उनी आफ्नै घरको कोठामा चक्कुले घाँटी रेटिएको अवस्थामा फेला परेकी थिइन् । चक्कुले घाँटी रेटेर छटपटिरहेको अवस्थामा उनकै छोरीले देखेपछि तत्काल उपचारका लागि लगिएपनि उपचार सम्भव नभएको प्रहरीले जनाएको छ । आफूले आफैँलाई घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्