झापा, असोज २३ । लागूऔषधसहित इलाम नगरपालिका वडा नं. ९ बस्ने ३२ वर्षीय दिपेन्द्र राना मगर पक्राउ परेका छन् ।

आज साँझ ५.४५ बजेको समयमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ६ स्थित पुरानो मेची पुल हुँदै भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका मगरलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित ५ ग्राम २८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्