झापा, असोज २२ । कवि तथा गीतकार एस्पी कोइरालाको ‘कता छ स्वर्ग ?’ बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा शक्ति बल्लभको सङ्गीत र सुमित खड्काको स्वर रहेको छ ।

‘कता छ स्वर्ग, कसैले सोधे, यता नै देखाउनू

ठेगाना यसको, कसैले खोजे, नेपालै लेखाउनू ।’

उच्च देशभक्ति भावनाले ओतप्रोत गीतको भिडियो निर्देशन देवराज आचार्यले गरेका छन् । भिडियोमा गायक खड्का, गीतकार कोइरालाले समेत अभिनय गरेका छन् । मनोहर सुनामको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा झरना कला केन्द्रको कोरियोग्राफी र हिम्मत चैसिरको भिडियो सम्पादन रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्