झापा , असोज २५ । मोरङमा पानीमा डुबेर एक बालिका र अर्का वृद्ध गरी दुईजनाको मृत्यु भएको छ ।

हिजो दिउँसो २ बजे रतुवामाई –२ स्थित पोखरीमा डुबेर अनन्त शर्माकी १२ वर्षीया छोरी सन्ध्या शर्माको मृत्यु भएको हो । छिमेकी विमल राजवंशीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेकी सन्ध्यालाई सिकिस्त अवस्थामा उद्धार गरेर उपचारका लागि नगर अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।

त्यस्तै हिजो बिहान ११.३० बजे केराबारी – ९ बस्ने ८६ वर्षीय गोबिन्दप्रसाद बजगाईलाई आफ्नै घरनजिकै रहेको लोहान्द्रा खोलाले बगाउँदा मृत्यु भएको छ ।सोही खोलाको छेउमा उनलाई मृत अबस्थामा देखेर स्थानीयले अस्थायी प्रहरी चौकी भलुवामा जानकारी गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्