झापा, असोज २५ । बडादशैंलाई लक्षित गरी सुचारु गरिएको किमाथांका नाका चीनले फेरि बन्द गरेको छ ।

बाटो मर्मत सम्भार नसकिएसम्मको लागि आजबाट पुनः किमाथांका नाकाबाट चीन आवतजावत गर्नका लागि पूर्णरुपमा रोक लगाएको हो । किमाथांका नाकाबाट मानिसहरुको आवतजावतमा पूर्णरुपमा रोक लगाएको चिनीया प्रहरीले इलाका प्रहरी कार्यालय किमाथांकामा जानकारी गराएको छ । पहिरो गएर बन्द रहेको किमाथांका नाकामा दशैंलाई लक्षित गरी असोज २१ गतेदेखि आवतजावत सुचारु गरिएको थियो ।

असोज १२ गते परेको अबिरल वर्षाका कारण छिमेकी चीनको चागा भन्ने ठाउँमा पहिरो गई बाटो अबरोध भएको थियो । उक्त बाटो सुचारु नभइन्जेलसम्मको लागि किमाथांका नाकाबाट चीन जान आउनको लागि मानिसहरुको आवतजावतमा रोक लगाइएको हो ।

यता उदयपुरको कटारी नगरपालिका –१४ भदौरेस्थित सिद्धिचरण राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान अन्दाजी २ः३० बजे सिद्धिचरण राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो खसी सडक अबरुद्ध भएको हो ।सडक विभागसँग समन्वय गरी सडक सुचारु गराउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्