झापा , असोज २७ । झापाको कमल गाउँपालिका वडा न. ४ अमलडाँगीस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

मध्यरातमा पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका वडा न. ८ बस्ने ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही ठाउँ बस्ने २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको हो ।

गम्भीर घाइते दुवैलाई उपचारको लागि दमक अस्पताल दमक लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा दुबै जनाको मृत्यु भइसकेको थियो । घटनाबारे उनीहरुको आफन्तलाई जानकारी गराइसकेको र प्रहरी चौकी केर्खाले मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्