झापा, असोज २७ । झापाको दमक नगरपालिका वडा नं.२ ढुकुरपानीस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

हिजो साँझ ५.५० बजे ढुकुरपानीबाट हिमालय मावितर्फ आउँदै गरेको प्रदेश १–०२–४१ प १७४७ नं. को मोटरसाइकलले साइकल यात्री सोही ठाउँ बस्ने ७६ वर्षीय जयराम गुरागाईलाई ठक्कर दिएको थियो । घाइते गुरागाईलाई आम्दा अस्पताल दमकमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएकोमा आज साँझ ६.३० बजे उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल र मोटरसाइकल चालक दमक– ६ बस्ने २७ वर्षीय किस्मत श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । योसहित झापामा आज भएका मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्