झापा, असोज २७। चलचित्र निर्माता तथा द्वन्द्व निर्देशक सोबिलाल मेचेको आज निधन भएको छ ।

करिब दुई दशकसम्म नेपाली चलचित्रमा निर्देशक र कलाकारको रूपमा सक्रिय मेचे एक वर्षयता पेटसम्बन्धी स्वास्थ्य समस्याका कारण थलिएका थिए । आर्थिक अभाव भएपछि कलाकार मेचेले घरबाटै स्वास्थ्य उपचार गर्दै आएका थिए ।

मेचेले नेपाली ,मेचे र राजवंशी भाषाका चलचित्र ‘जेन्नै तेन्नै, बगानेर फुल, सितार सिन्दुर’जस्ता चलचित्रमा अभिनय गरेका थिए । उनले भारतमा पनि दर्जनौं चलचित्रमा कलाकार भएर भूमिका निर्वाह गरेका थिए । थुप्रै फिल्महरुमा द्वन्द्व निर्देशक, निर्माता र नेपाली सर्ट सिरियल तथा कमेडी भिडियो क्लिपमा कलाकारको भूमिकामा देखिएका थिए ।

मेचीनगर–११,धाइजन निवासी मेचे नेपाल चलचित्रकर्मी महासंघ कोशी र नेपाल चलचित्र द्वन्द्व कलाकार संघ कोशी प्रदेश सदस्य रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्