झापा , असोज २८ । ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित भारतीय बाबु छोरा पक्राउ परेका छन् ।

आज दिउँसो १.३० बजे भद्रपुर ५ बसपार्कमा रहेको न्यू बान्तवा होटलबाट भारत विहार किसनगञ्ज जिल्ला ठाकुरगञ्ज पंचायत उर्दु कोलोनी ८ बस्ने ३८ वर्षीय जमकोद खान र उनका छोरा १८ वर्षीय आयान खान लागूऔषधसहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्लास्टिकसहित ५८ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।

होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले होटलमा पुगेर बाबु छोराको शरीर तलासी लिएको थियो । दुवैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रवक्ता तथा डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्