झापा, कात्तिक २ । कचनकवल–३ दुर्गाभिट्टा सामुदायिक वनस्थित अधिकारी चोक–घेरावारी भित्री सडकखण्डमा अटो र मोटरसाइकल एकापसमा ठोक्किदा तीनजना घाइते भएका छन् ।

हिजो दिउँसो अन्दाजी ३.३० बजे दक्षिणबाट उत्तर आउँदै गरेको प्रदेश १ – ०१–००१ ह ८१६५ नं को अटो र विपरीत दिशाबाट जाँदै गरेको मे ३प ९८२८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक कचनकवल– ३ दल्की बस्ने अन्दाजी ३६ वर्षीय जीवन मगर र मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती अन्दाजी ३५ वर्षीया शान्ति मगर घाइते भएका छन् । जीवनको अबस्था गंभीर र शान्तिको सामान्य रहेको छ ।

त्यस्तै अटोमा सवार भारत आसाम घर भई आफन्तकोमा आएका अन्दाजी ५० वर्षीय विष्णु रेग्मी सामान्य घाइते भएका छन् । अटो चालक कचनकवल –६ बस्ने अन्दाजी ४६ वर्षीय सुरज राजवंशी भने सकुशल रहेका छन् । घाइतेहरुलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाइएको , अटो र मोटरसाइकल प्रहरी चौकी पथरियाको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्