झापा, कात्तिक २ । खोटाङमा सुमोको पछाडि झुन्डिएका बालकको झरेर मृत्यु भएको छ ।
गएराति ८.३० बजे दिक्तेल – खानीडाँडा सडकखण्डमा ना १ ज ५७४३ नं. को सुमोको पछाडि झुन्डिएका खाल्डे बस्ने दिपक बस्नेतका ८ वर्षीय छोरा हेमन्त बस्नेतको झरेर मृत्यु भएको हो । टाउकोमा चोट लागेर अचेत अबस्थाका ती बालकलाई सोही सुमोमा हालेर जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचारपश्चात् थप उपचारको लागि काठमाण्डौं पठाइएको थियो । काठमाण्डौ लैजाने क्रममा राति ११ बजे बाटैमा मृत्यु भएको हो ।
मृतक बालकको शव जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको र चालक गोबिन्द कटुवाल र गाडी जिल्ला प्रहरी कार्यालय खोटाङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।