बिर्तामोड , कात्तिक २ । बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/10/58fbc414-e52c-401a-a05a-d95567ab1b3b-1024x768.jpg)
आज बिहान ८.३० बजे बिर्तामोड– १ स्थित बरपिपल चोकमा नेक मोहमदले संचालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याक्ट्रीमा अचानक विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट टिनले छाएको भुइँतले कपासको गोदामसहित फ्याक्ट्रीको टहरा पूर्णरुपले जलेर नष्ट भएको छ ।
बिर्तामोड, मेचीनगर , भद्रपुर नगरपालिकाको बारुण यन्त्र, नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा बिहान ९.४० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट कपास बनाउने मेसिनसहित अन्दाजी ४० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।