झापा, कात्तिक २ । लागूऔषधसहित झापा हल्दिवारीका एक युवक पक्राउ परेका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/10/c786259e-fd29-4c4a-8314-800a8ea3e18f.jpg)
शुक्रवार दिउँसो २.५० बजे भद्रपुर ३ को झोलुङ्गे पुलमा मे ११ प ९६४७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका हल्दिबारी २ बस्ने २५ वर्षीय बिष्णु राजवंशीलाई सशस्त्र प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।
चेकजाँच गर्ने क्रममा उनले मुखभित्र प्लाष्टिकले पोका पारी २ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर लुकाएर ल्याएका थिए । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।