झापा, कात्तिक ३ । दसैँ सकिएपछिको दोस्रो पर्व तिहार आउनैलाग्दा सुनसरी सदरमुकाम इनरुवा, हरिनगर र बर्जुका पण्डित अर्थात् कुम्भकार समुदायलाई माटोका भाँडा बनाउन र बिक्रीवितरण गर्न भ्याईनभ्याई भएको छ । यहाँका कुम्भकारहरुले बिहानैदेखि अबेर रातीसम्म माटोको भाँडा बनाउने काममा व्यस्त हुने गरेका छन् ।

व्यस्त हुनुको उनीहरुको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहजरुपमा पु¥याउने । सदरमुकाम इनरुवा, हरिनगर गाउँपालिका, बर्जु गाउँपालिका र कोशी गाउँपालिकाको लौकही, हरिपुरलगायतका स्थानका कुम्भकार समुदायले तिहार र छठ सहितको चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोको भाडा बनाउने काममा व्यस्त बनेको इनरुवा ४ का स्थानीय जगदिश पण्डितले बताए ।

यहाँका कुम्भकार समुदाय दीपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियो सहितका विभिन्न किसिमका माटाका भाडाकुँडा बनाउने काममा व्यस्त बनेको पाइएको छ। भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जाहो गर्ने गरेको छ । आफूहरु अहिलेदेखि नै भाडा बनाउने काममा लागेको स्थानीयवासी देवनारायण पण्डितको भनाइ छ ।

नजिकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरीद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको उनको भनाइ छ । दीपावली तथा छठपर्वमा दियो, चौमुखे दियो, कलश लगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु समान बनाउने काममा लागेको इनरुवा २ का स्थानीयवासी सियाराम पण्डितको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्