झापा, कात्तिक ३ । झापाको कमल गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा तनाव सिर्जना भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा.न. ७ का ५५ बर्षिय पदम मकारुम राईको घटना स्थलमै मृत्यु भएको छ ।
दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि आगजनी गरेका छन् । बस चालक गौरादह नगरपालिका वडा नं. १ का ३५ बर्षिय संजय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।