झापा, कात्तिक ४ । संखुवासभाको चैनपुरमा अलैचीबारीमा एक महिला मृत फेला परेकी छन् ।

चैनपुर– ५ केराबारी बस्ने ६० वर्षीया गंगामाया खनाल घरदेखि अन्दाजी २ सय मिटर टाढा रहेको अलैचीबारीमा मृत फेला परेकी हुन् । हिजो दिउँसो अन्दाजी १ बजे गंगामाया अलैचीबारीमा घाँस काट्न गएकीमा घर फर्की नआएपछि खोजतलास गरिएको थियो । उनका बुहारी ३५ वर्षीया चित्रकुमारी बोगटी खनालले दिउँसो ४ः५० बजे अलैचीबारीमा लडिरहेको अचेत अबस्थामा फेला पारी आफन्तलाई जानकारी गराएकी थिइन् ।
घरमा ल्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । उनी उच्च रक्तचापसम्बन्धी बिरामी भई औषधी सेवन गर्ने गरेको बुझिएको छ ।