झापा, कात्तिक ४ । उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ आइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । अन्य २६ यात्रु घाइते भएका ।

दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो । बस र विपरित दिशामा जाँदै गरेको स ५ प १५९३ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको बताइएको छ । कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्