झापा, कात्तिक ४ । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले मेची अञ्चल पूर्व संयोजक हरि श्रेष्ठ र कोशी अञ्चल पूर्व संयोजक बृजेशकुमार थापालाई संगठनबाट निष्कासन गरेको छ ।

कात्तिक १ गते बसेको केन्द्रीय सचिवालयको बैठकले नागरिक बचाउ महाअभियानका सदस्यलाई इलाका प्रहरी कार्यालय इटहरीमा मुद्धा हाल्ने, ऋण एशोसिएसन इलामको कार्यालयमा तालाबन्दी गर्ने, कार्यालयका सामग्री घर लैजाने, म नै सर्वेसर्वा हो भन्ने, पीडितहरुलाई थप पीडित बनाउँदै आर्थिक अपचलन गर्ने , अभियानमा अप्राकृतिक गुटबन्दी गर्ने गरेको पाइएकोले दुवैलाई आजकै मितिदेखि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।

संगठनबाट निष्कासित थापाले आफूलाई दुर्गा प्रसाईले आर्थिक अपचलनको आरोप लगाएर सार्बजनिक सञ्चारमाध्यममा चरित्र हत्या गरेकाले कानुनी उपचारमा जाने बताएका छन् । उनले दुर्गा प्रसाईले आफ्नो २ लाख ८८ हजार ६०० रुपैयाँ फिर्ता गर्न बाँकी रहेको सामाजिक संजालमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्