झापा, कात्तिक ५ । पाँचथर याङवरक –६ च्यानडाँडामा एक व्यक्तिको सडेगलेको शव फेला परेको छ ।

आज बिहान ७ः३० बजे स्थानीय धनराज योङहाङको पाखो जंगलमा गणेशचोक बस्ने ४० वर्षीय डम्बरबहादुर राईको सडेगलेको शव फेला परेको हो । मनराज राईले घाँस काटने क्रममा दुर्गन्ध आई हेर्दा शव देखेर अस्थायी प्रहरी चौकी गणेशचोकमा जानकारी गराएका थिए ।

घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट टोली खटिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्