झापा, कात्तिक ५ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले झापाको सदरमुकाम चन्द्रगढीमा विराध प्रदर्शन गरेका छन् ।

चन्द्रगढीको महेन्द्र पार्कअगाडि भेला भई शुरु भएको र्यालीले बिभिन्न नारा लगाउँदै चन्द्रगढी बजार परिक्रमा गरी प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाएको थियो । सरकार मरेको भन्दै सांकेतिक बिरोधस्वरुप र्यालीका सहभागीहरुले सेतो फेटा बाँधेका थिए भने नेकपा एमाले पार्टी कार्यालय निर्माणको लागि झापाको १५ वटा पालिकाबाट १–१ रुपैयाँ जम्मा गरि १५ रुपैयाँ उनीहरुले प्रजिअ बास्तोलालाई बुझाएका छन् ।

रास्वपाका जिल्ला सभापति उमेश खरेलको नेतृत्वको र्यालीले ‘ओली सरकार मुर्दावाद, रास्वपा पार्टी जिन्दावाद, देशको सरकार मर्यो हामीलाई जुठो पर्यो’जस्ता नारा लगाएका थिए । र्यालीपछि भद्रपुर– ७ भैरेचोकमा कोणसभा गरिएको थियो । कोणसभामा कोशी प्रदेश इन्चार्ज सुरेशकुमार पोखेरेल , जिल्ला सभापति उमेश खरेल , अर्जुनधारा नगर सभापति टीआर गौतम, दमक नगर उपसभापति प्रतिमा दाहाललगायतले संबोधन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्