झापा, कात्तिक ६ । तराईका जिल्लाहरूमध्ये अन्नको भण्डार मानिने सुनसरीमा यतिबेला किसानलाई धान काट्न भ्याइनभ्याइ छ । दसैँ सकिएसँगै धान काट्न सुरु गरेका किसानहरूले तिहारअघि नै अगौटे धान थन्क्याउन व्यस्त छन् । अगौटे जातका धान असोज अन्तिमबाटै काट्न सुरु गरेको प्रकाशपुरका कृषक श्याम कटुवालले बताए  ।
कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार किसानहरूले लगाएको बहुगुणी २, गङ्गासागर २, हर्दिनाथ ६, राम धान, सावित्री, साम्बा मलसुली सब १ र तरहरा २ जातको धान पाकेकाले काट्न सुरु भएको छ ।
यस वर्ष किसानले धान काट्नेबित्तिकै पानी परेकाले काटेको धान भिजेको छ । बराहक्षेत्र नगर कृषि शाखाका प्रविधिक नीरबहादुर राईका अनुसार सुनसरीमा भने गत वर्षको भन्दा धान उत्पादनमा वृद्धि भएको छ । धान रोपिसकेपछि समय समयमा पानी परेकाले धान उत्पादनमा वृद्धि हुने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्