झापा, कात्तिक ६ । ओखलढुंगामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

आज बिहान ८ बजे ओखलढुंगा चम्पादेवी गाउँपालिका– ३ ताप्केडाँडा बस्ने अन्दाजी ५५ वर्षीय नेपे श्रेष्ठको भिरबाट लडेर मृत्यु भएको हो । तिलबारी सिरानस्थित बाटोबाट अन्दाजी ८ सय मिटर तल लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी ताप्केडाँडास्थित नातामा हजुरबुवा पर्ने तेजबहादुर श्रेष्ठको घरमा जान्छु भनी हिडेका थिए । प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र आवश्यक अनुसन्धान तथा काननी प्रकृया भइरहेको इलाका प्रहरी कार्यालय वरुणेश्वरले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्