झापा, कात्तिक ६ । सम्राट किरण र प्रीति घिमिरेको स्वरमा ‘यो मायालाई फकाउनु’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डिपी खनालको शब्द तथा शङ्कर थापा स्माइलको सङ्गीत रहेको गीतको भिडियोलाई प्रशान्त तामाङले निर्देशन गरेका छन् । भिडियोमा सञ्जीव महर्जन र एन्जिला गिरीले अभिनय गरेका छन् ।
नेपमेलोको प्रस्तुतिमा एसके प्रोडक्सन र एजी फिल्मस् अस्ट्रेलियासँगको सहकार्यमा निर्माण गरिएको भिडियो सार्वजनिक गरिएको छ । भिडियोको सम्पादन विनोद बमले गरेका छन् । गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्