झापा , कात्तिक ७ । झापाको बाह्रदशी– ६ बिहीवारे बजारमा श्रीमतीले श्रीमानलाई कट्टी प्रहार गरी सख्त घाइते बनाएकी छन् ।

आज बिहान सवा १० बजे ३९ वर्षीया विद्यादेवी आङ्वोले कट्टी प्रहार गरी ३६ वर्षीय श्रीमान ज्ञानेन्द्र लिम्बूलाई घाइते बनाएकी हुन् । घरायसी विवादमा विद्यादेवीले कट्टी हानेको बताइएको छ । हतियार प्रहारबाट टाउकोमा चोट लागेका घाइते ज्ञानेन्द्रलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ ।

श्रीमानलाई कट्टी हान्ने विद्यादेवीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी प्रकाश विष्टले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्