कुमरखोद, कात्तिक ७ ।झापा गाउँपालिकामा विश्व हिन्दु परिषद नेपालको गाउँपालिका स्तरीय समिति गठन भएको छ ।
ज्ञाननाथ उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा भुपेन्द्र कटुवाल , सचिव सूर्यबहादुर भट्टराई ,कोषाध्यक्ष मनोजकुमार राजवंशी , युवा प्रमुख ध्रुवकुमार यादव , सम्पर्क प्रमुख भीम घोर्साने , सेवा प्रमुख रुकमनी सोरेन , न्याय क्षेत्र प्रमुख गोपाल राउत , मन्दिर प्रमुख विष्णुप्रसाद गणेश , गौंरक्षा प्रमुख डेम्रा हेमरम, सत्संग प्रमुख यसोदा पोखे्रल , मातृशक्ति प्रमुख यामकुमारी पौडेल , सदस्य राजकुमार महत्तो , लक्ष्मी पनेरु , कृत विष्ट , चन्द्रकला अधिकारी र केशरवहादुर चम्लागाँई चयन भएका छन् ।
झापा बजारमा रहेको सामुदायिक रेडक्रसको भवनमा ज्ञाननाथ उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दु परिषद केन्द्रीय संगठन विभागका सचिव प्रल्हाद रेग्मीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विशिष्ठ अतिथि विश्व हिन्दु परिषदका जिल्ला अध्यक्ष होमनाथ ढुङ्गेल , अतिथिहरु जिल्ला उपाध्यक्ष देवेन्द्रकिशोर ढुङ्गाना , जिल्ला सचिव सत्येन्द्रकुमार कर्ण , भारत दिघलबैंक प्रखण्ड बजरंगदल संयोजक मुरलीधर झा , दिघलबैक प्रखण्ड बजरंगदल पूर्वसंयोजक गणेशकुमार सिंह , प्रखण्ड मन्त्री सन्तोष चौधरी र स्थानीयहरुको सहभागिता रहेको थियो ।