झापा , कात्तिक ९ । मोरङको सुनवर्षीबाट चारजना जुवाडे पक्राउ परेका छन् ।

हिजो साँझ ६ बजे सुनवर्षी नगरपालिका– ९ भेडवाथानका कहरसिंह राजवंशीको घरको कोठामा तास खेल्दै गरेको अवस्थामा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीको प्रहरी टोलीले छापा मारेको थियो । प्रहरीले खालबाट ३ बुक तास र १ लाख ८२ हजार रूपैयाँ नगद बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनवर्षी –९ का ५३ वर्षीय कहरसिंह राजवंशी, सोही ठाउँ बस्ने ४७ वर्षीय सुरेशप्रसाद साह , वडा नं–६ का ३७ वर्षीय नित्यानन्द सुतिहार र रंगेली –७ का ४६ वर्षीय उमेश पोदार रहेका छन् ।पक्राउ परेका व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्