झापा , कात्तिक ९ । पाँचथरको फिदिममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा फिदिम–६ का २६ वर्षीय शुभराज तुम्रोक रहेको पाँचथर प्रहरीले जनाएको छ। कात्तिक ७ गते जंगलमा रहेको अरिंगाल झार्ने क्रममा अरिंगालले टोक्दा उनी घाइते भएका थिए । स्थानीय मेडिकलमा उपचार गरेर घरमै बसिरहेको अवस्थामा हिजो अवस्था गम्भीर बनेपछि उपचारका लागि पाँचथर जिल्ला अस्पाताल लैजाने तयारी भइरहेको बेला साँझ ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्