झापा, कात्तिक ९ । बिर्तामोड– ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अनारमनी पव्लिक क्याम्पसको प्रांगणमा शुक्रवार साधारण सभा गरिएको हो । राष्ट्रिय सहकारी बैकका केन्द्रीय लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारीका अध्यक्ष मोहन शिवाकोटीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै लेखा सुपरीवेक्षण समितिका संयोजक केशव पाठकले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेती , बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , बिर्तामोड– ३ का वडाध्यक्ष मदन बुढाथोकी , सहकारीका सल्लाहकार गुरुभक्त न्यौपाने , सम्मानितका तर्फबाट मोहम्मद ताहिर हुसैन मिकरानीलगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष स्व. पर्शुराम सिटौलाको स्मृतिमा स्थापित स्व. पर्शुराम सिटौला स्मृति पुरस्कार यस वर्ष स्वास्थ्यकर्मी मोहम्मद ताहिर हुसैन मिकरानीलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ रहेको छ । त्यस्तै असल बचतकर्ता गुरुभक्त न्यौपाने , असल ऋणी लक्षीमादेवी उप्रेती र उत्कृष्ट कर्मचारीको रुपमा रीता पौडेललाई जनही ७ हजार ५०५ रुपैयाँका दरले पुरस्कृत गरिएको छ । साधारण सभामा यस वर्ष पनि शेयर सदस्यका छोराछोरीमध्येबाट कक्षामा १२ मा उत्कष्ट अंक ल्याउने वर्षा न्यौपाने , आयुस उप्रेती , सज्जन प्रसाई र अपेक्षा आचार्यलाई जनही ५००५ रुपैयाँका दरले पुरस्कृत गरिएको छ । प्रवन्धक रुद्र सिटौलाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सचिव गणेश ओलीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्