झापा , कात्तिक १० । काठको गोलिया बोकेको ट्रक इलाममा दुर्घटना भएको छ ।

आज बिहान अन्दाजी २ बजे इलाम सूर्योदय– १० जोगमाई खोलास्थित फिक्कल– नाम्सालिङ कच्ची भित्री सडकखण्डमा नाम्सालिङबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ख १९६६ नं. को काठको गोलिया लोड भएको ट्रक पल्टिएको हो ।

ट्रक अचानक अनियन्त्रित भई भिरबाट अन्दाजी ८सय मिटर तल झरेर दुर्घटना हुँदा ट्रक चालक इलाम सूर्योदय– ९ रम्पोक बस्ने अन्दाजी ३० वर्षीय अमर पौडेल र सहचालक माईजोगमाई – ३ बस्ने अन्दाजी १९ वर्षीय सुबास थामी गंभीर घाइते भएका छन् ।

दुबै घाइतेहरुलाई उद्धार गरी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । दुबै जनाको अवस्था अचेत रहेको र ट्रक घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्