झापा, कात्तिक १० ।झापाको कन्काईबाट काठ तस्करीमा संलग्न पाँच जनालाई प्रहरी र वन कर्मचारीले पक्राउ गरेका छन् ।

कन्काईस्थित जामुनबारी सिमसार तथा जामुनखाडी सामुदायिक वनबाट काठ तस्करी गरी बेचेको आरोपमा पाँच जना पक्राउ परेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

गोप्य सूचनाका आधारमा वन समितिका पूर्व उपाध्यक्ष दिलकुमार राई, सन्तोष किस्कू, सन्तोष राई, लक्ष्मण लुंगेली, निर्मल सार्की पक्राउ परेको डिभिजन वन कार्यालय झापाका सिनियर वन अधिकृत जीवन पाठकले जानकारी दिए ।

घटनाका बिषयमा अनुसन्धान भइरहेको छ । अनुसन्धानको क्रममा पूर्व उपाध्यक्ष राई र स्थानीय सार्कीको चाहिँ चोरीमा संलग्नता पुष्टि नभएको उनले बताए । अहिले उनीहरु डिभिजन वन कार्यालय झापाको हिरासत कक्षमा छन् । उनीहरुलाई कात्तिक ६ गते इलाका प्रहरी कार्यालय सुरुङ्गा र सव डिभिजन वन कार्यालय कन्काईको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले वन हाताभित्र घाटगद्धी गरेको र घेराबारा गरेको साल र अन्य जातको करिब १८ किबि काठ चोरी गरेर सुरुङ्गास्थित युवराज खरेलको न्यू पाथिभरा फर्निचर उद्योगमा बिक्री गरेका थिए ।
उनीहरुलाई अबैध रुपमा वन पैदावर चोरी निकासी मुद्धामा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

उनीहरु दोषी देखिए तीन महिना कैद वा बिगोबमोजिम जरिवाना हुने कानुनी प्रावधान रहेको वन अधिकारीको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्