झापा, कात्तिक १० । वरिष्ठ गीतकार शिवशंकर थापाको एकल गीती साँझ ‘एक मुटु अनेक ढुकढुकी’ र्तामोडमा सम्पन्न भएको छ ।

पूर्वाञ्चल कलाकार समाजको आयोजनामा बिर्तामोडस्थित आदर्श ब्यांक्वेटमा एकल गीती साँझ सम्पन्न भएको हो । पूर्वाञ्चल कलाकार समाजका अध्यक्ष कृष्ण योञ्जनको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन मोनिका चुडाल(मेनुका)ले गरेकी थिइन् ।

सो अवसरमा समाजले वरिष्ठ गीतकार शिवशंकर थापासहित बाद्यवादक विमल बुढाथोकी, बाँसुरीवादक मित्र मगर, गिटारवादक अनिल रसाइली, तवलावादक सन्देश ढुङ्गाना, अक्टोप्याङ मनोज चौधरी , गायक बलराम समाल , सुसिना राई, युवराज पोर्तेल, गायक तथा संगीतकार हेमा भण्डारी, मोनिका चुडाल, नवोदीत गायक मनिल राईलाई सम्मान गरिएको थियो ।

गायक बलराम समाल, युवराज पोर्तेल, हेमा भण्डारी, मोनिका चुडाल, सुसिना राई, मनिल राईले शिवशंकर थापाका चर्चित गीत गाएका थिए । गीतकार थापालाई विभिन्न संघ संस्थाहरुले समेत सम्मान गरेका थिए ।
कार्यक्रममा थापाका रचनाका विषयमा चर्चा गरिएको थियो । कार्यक्रमको सञ्चालन सुनिता तामाङले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्