बिर्तामोड, कात्तिक १० । साहित्य चौतारी बिर्तामोडले साहित्यकार कृष्ण धरावासी र उनकी धर्मपत्नीलाई अभिनन्दन गरेको छ ।

संस्थाका संस्थापक सल्लाहकार, मदन पुरस्कार बिजेता कृष्ण धरावासीसहित उनकी पत्नी कवि मञ्जु बिमलीलाई टीका, माला र अभिनन्दनपत्र प्रदान गरिएको थियो । प्रमुख संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ,संस्थापक संरक्षक तथा बरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठ, प्रमुख अतिथि अग्रज साहित्यकार कोमलप्रसाद पोखरेललगायतले अभिनन्दन गरेका थिए ।

सल्लाहकार संयोजक राजेन्द्र संग्रौलाले अभिनन्दनपत्र बाचन गरेको कार्यक्रममा साहित्यकार गणेश निरौलाले धरावासीको परिचय प्रस्तुत गरेका थिए।

संस्थाका प्रमुख संस्थापक संरक्षक तथा अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा मानार्थ सल्लाहकार अग्रज साहित्यकार पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासचिव गौरव श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

सोही कार्यक्रममा संस्थाका सल्लाहकार अभिनन्दित साहित्यकार हरिनारायण भट्टराईको दोस्रो कृति संस्मरण एक समीक्षा अनेकको बिमोचन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्